रामचन्द्रलाई पराजित गर्दै पोखरा पर्यटन परिषदको अध्यक्षमा उदाय पोमनारायण
पाेखरा | भदौ ९, २०७९
पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।
पोखरा पर्यटन परिषदको नयाँ नेतृत्व् चयन गर्ने गरी बिहीबार सम्पन्न १२ औँ अधिवेशनमा रामचन्द्र शर्मालाई पराजित गर्दै अध्यक्षका उम्मेदवार पोमनारायण श्रेष्ठ निर्वाचित भएका हुुन् ।
बिहीबार भएके मतदानमा श्रेष्ठले २८ मत प्राप्त गर्दा शर्माले १४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शमौ महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए ।
६ सदस्य रहने परिषदमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध निर्वाचित भएका थिए ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

